पहिलाे लोक दोहोरी स्टार बनिन् निशा लामा

हिमाल प्रेस १८ चैत २०८२ १५:०२ | Wednesday, April 1, 2026
26
SHARES
पहिलाे लोक दोहोरी स्टार बनिन् निशा लामा

काठमाडौँ- नेपाली सांगीतिक रियालिटी सो ‘लोक दोहोरी स्टार’ सिजन १ को उपाधि निशा लामाले जितेकी छन्। राजधानीमा भएको ग्रान्ड फिनालेमा १० लाख रुपैयाँ नगद पुरस्कारसहित निशाले उक्त उपाधि जितेकी हुन्।

सो मा मानव रावत क्षेत्री दोस्रो र लीलबहादुर थापा मगर तेस्रो बने। फिनालेमा टप ८ फाइनलिस्टले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएका थिए।

एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको सो को निर्देशन माधवराज खरेलले गरेका थिए।

आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपुत, यादव बहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए।

फिनालेको निर्णायकमा रीता थापामगर, राजु ढकाल, चन्द्र शर्मा, अमृत खाती थिए। कार्यक्रम रोजिन शाक्य र मुना अर्यालले सञ्चालन गरेका थिए।

प्रकाशित: १८ चैत २०८२ १५:०२ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast