निफमा नाजिर र सुरक्षाले जिते उत्कृष्ट अभिनेता/अभिनेत्री, ‘राजागंज’ सर्वोत्कृष्ट घोषित

हिमाल प्रेस २४ चैत २०८२ ११:३५ | Tuesday, April 7, 2026
12
SHARES
निफमा नाजिर र सुरक्षाले जिते उत्कृष्ट अभिनेता/अभिनेत्री, ‘राजागंज’ सर्वोत्कृष्ट घोषित

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काे नवौं संस्करणमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज: पूजा सर’ ले जितेको छ।

काठमाडौँको सुन्धारास्थित सिभिल मलमा सोमबार भएको समापन कार्यक्रममा फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा अवार्ड पाएको सबै फिल्मलाई प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

सर्वोत्कृष्ट राष्ट्रिय फिल्म पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो: द ड्रेस’ ले पाएको छ। फिल्मले ट्रफी र एक हजार अमेरिकी डलर पुरस्कार पाएकाे छ।

भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन्। यही फिल्मबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते। भने फिल्म ‘कोशेढुंगा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन्।

राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड फिल्म ‘केटी हराएको सूचना’ बाट दीपेन्द्र गौचन पाए। सर्वोत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुंगा’बाटै बाबु श्रेष्ठले पाए।

दक्षिण एसियाली फिल्म अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ। फुर्वा क्षिरिङ लामा निर्देशित फिल्मलाई ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मान गरिएकाे छ।

त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले जित्यो। इर्सा रोका फ्यानबर्ग निर्देशित उक्त डकुमेन्ट्री ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ‘सिप’ले पाएको छ। हादी बाबेइफरद्वारा निर्देशित इरानको सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलर प्रदान गरिएको छ।

सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलर जित्यो। यो पाङ जिया निर्देशित चिनियाँ सर्ट फिल्म हो।

सर्वोत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड मेक्सिकोको फिल्म ‘पासारिन्हो’ घोषित भएको छ। फिल्मले पाँच सय डलर र ट्रफी पुरस्कार पाएको छ।

सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलको ‘रिहाना’ घोषित भए। यी दुवै ट्रफी र पचास हजार रुपैयाँले सम्मानित भए।

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले जित्यो।

स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो। स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो।

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय फिल्म अवार्ड चिनियाँको ‘द शोर अफ लाइफ’ घोषित भयो।

प्रकाशित: २४ चैत २०८२ ११:३५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast