नवनिर्वाचित उपसभामुखले लिइन् शपथ

हिमाल प्रेस २७ चैत २०८२ २१:१७ | Friday, April 10, 2026
10
SHARES
नवनिर्वाचित उपसभामुखले लिइन् शपथ

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रुबी कुमारीले पद तथा गोपनीयताका शपथ लिएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद आर्यालले उनलाई शपथ लिएका हुन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सभामुख अर्यालले नवनिर्वाचित उपसभामुख रुबी कुमारीलाई पद तथा गोपनीयताको सपथ दिलाए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

श्रम तथा संस्कृति पार्टीकी प्रतिनिधिसभा सदस्य शुक्रबार उपसभामुखमा निर्वाचित भएकी हुन्। उनलाई उपसभामुखमा निर्वाचित गराउन राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायतका दलले समर्थन गरेको थियो।

प्रकाशित: २७ चैत २०८२ २१:१७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast