काठमाडौँ- आगामी शैक्षिक सत्र अब वैशाख १५ गतेदेखि सुरु हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्रको मिति सार्दै यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अबदेखि शैक्षिक सत्र वैशाख १५ गतेबाट सञ्चालनमा आउने बताए।
यसअघि भने प्रत्येक वर्ष वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो।
प्रकाशित: २२ चैत २०८२ १५:०० | Sunday, April 5, 2026
प्रतिक्रिया




