कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट 

हिमाल प्रेस २६ चैत २०८२ १७:४६ | Thursday, April 9, 2026
14
SHARES
कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट 

काठमाडौँ- विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ। फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फ फिल्म छानिएको हो।

यो फेस्टिभलको मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा पर्छ। यो विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो। ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्छ।

 फिल्मले उत्कृष्ट फिल्मका लागि ‘अन सर्टेन रिगार्ड प्राइज’, उत्कृष्ट निर्देशक र स्पेसल जुरी प्राइजका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ।

फिल्मका निर्देशक अविनाश विक्रम शाह हुन्। फिल्ममा हात्तीको आक्रमणबाट आक्रान्त  एक परिवारको कथा प्रस्तुत गरिएको छ। जुन कथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग जोडिएको छ।

फिल्ममा आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबागलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म अण्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्सको सहकार्यमा निर्माण भएको हो।

यसअघि सन् २०२२ को कान्समा अभिनाशकै लघु फिल्म ‘लोरी’ छनोट भएको थियो। जसले कान्सको ७५ औं संस्करणमा स्पेसल मेन्सन अवार्ड जितेको थियो।

 

प्रकाशित: २६ चैत २०८२ १७:४६ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast