कीर्तिपुरको फ्लड लाइटमा नेपाल-यूएई आमनेसामने हुँदै

हिमाल प्रेस २८ चैत २०८२ १०:२६ | Saturday, April 11, 2026
10
SHARES
कीर्तिपुरको फ्लड लाइटमा नेपाल-यूएई आमनेसामने हुँदै

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको अन्तर्राष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुने भएको छ । शुक्रबार क्यानले युएईसँगको खेल त्रिवि मैदानमा हुने जनाएको छ ।

खेल साँझ ५ बजे हुनेछ । क्यानका अनुसार नेपालले अप्रिल २० र २१ गते युएईसँग टी २० खेल खेल्दै छ । त्रिविका फ्लड लाइट जडानपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल साँझमा हुन लागेको हो । पछिल्लोपटक क्यानले नेपाल प्रिमियर लिग फ्ड लाइटमा आयोजना गरेको थियो ।

यूएईसँगको खेलपछि मात्रै नेपालले युएई, ओमान सम्मिलित आईसीसी पुरुष क्रिकेट लिग–२ का खेल खेल्नेछ । यो शृंखला २५ अप्रिलबाट ५ मेसम्म हुनेछ । नेपालले फेरि १२ मेदेखि स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ कै शृंखला खेल्ने तालिका छ । २२ मेसम्म हुने खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

 

प्रकाशित: २८ चैत २०८२ १०:२६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast