नेपाल राष्ट्रिय क्रिकेट टिम (पुरुष)। तस्बिर क्यान।
काठमाडौँ- नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान) ले बिहीबार सार्वजनिक गरेको छ।
विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ।
यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ।
ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ। त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २७ चैत २०८२ ५:५९ | Friday, April 10, 2026
प्रतिक्रिया




