नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै

हिमाल प्रेस २३ चैत २०८२ ९:५४ | Monday, April 6, 2026
22
SHARES
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक सोमबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, पार्टी एकता, संगठनात्मक समायोजन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तात्कालिक कार्ययोजना र विविध छन्।

नेकपाको केन्द्रीय कार्यसंयोजक समिति ४५ सदस्यीय छ । जसमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल छन् ।

सदस्यहरूमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, गंगानारायण श्रेष्ठ, गंगालाल तुलाधर, गिरीराजमणि पोखरेल, गोपाल किराँती, चक्रपाणि खनाल, चेतबहादुर पुन, जगन्नाथ खतिवडा, जयन्तीदेवी राई, डिलाराम आचार्य, दीनानाथ शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, नन्दबहादुर पुन, पम्फा भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल छन्।

प्रकाशित: २३ चैत २०८२ ९:५४ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast