दुई दिने बिदाले शैक्षिक क्यालेन्डर प्रभावित हुने नेसनल प्याब्सनको चिन्ता

हिमाल प्रेस २७ चैत २०८२ ७:५२ | Friday, April 10, 2026
10
SHARES
दुई दिने बिदाले शैक्षिक क्यालेन्डर प्रभावित हुने नेसनल प्याब्सनको चिन्ता

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारद्वारा लागू गरिएको दुई दिने सार्वजनिक बिदाको निर्णयले विद्यालय तहको शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पर्ने जनाएको छ।

अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले जारी गरेको विज्ञप्तिमा थप बिदाका कारण निर्धारित समयमै पाठ्यक्रम सम्पन्न गर्न चुनौती उत्पन्न भएको उल्लेख गरिएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति संरक्षण गर्ने उद्देश्यले सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो।

नेसनल प्याब्सनका अनुसार दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक प्रभाव समेत पार्न सक्छ।

यी परिस्थितिका बाबजुद संस्थाले सरकारको निर्णय कार्यान्वयन गर्न आफ्ना सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ।

नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न सुझाव दिएको छ। शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित: २७ चैत २०८२ ७:५२ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast