विद्यालय कर्मचारीको राष्ट्रिय समिति बैठक १२ वैशाखमा

हिमाल प्रेस २७ चैत २०८२ ८:२३ | Friday, April 10, 2026
188
SHARES
विद्यालय कर्मचारीको राष्ट्रिय समिति बैठक १२ वैशाखमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बैठक बोलाएको छ।

समितिले संस्थाको वर्तमान समसामयिक अवस्थाबारे छलफल गरी निष्कर्षमा पुग्ने उद्देश्यसहित राष्ट्रिय समितिको बैठक बोलाइएको बताएको छ।

परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको उक्त बैठक आगामी वैशाख १२ गते शनिबार बिहान ११ बजे बस्ने जनाइएको छ।

बैठक नेपाल शिक्षक संघको केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौँमा बस्ने परिषद्ले जनाएको छ।

प्रकाशित: २७ चैत २०८२ ८:२३ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast