राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक

हिमाल प्रेस १९ चैत २०८२ १८:४३ | Thursday, April 2, 2026
34
SHARES
राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक फाइल तस्बिर

काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।

सभाको बिहीबारको बैठकमा अध्यक्ष नारायारणप्रसाद दाहालले दिएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत २२ गते दिउँसो २ः३० देखि अपराह्न ३ः३० बजेसम्म सिंहदरबारस्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ।

सोही दिन ४ः०० बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते १ः१५ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ चैत २०८२ १८:४३ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast