काठमाडौँ- रास्वपा सांसद खगेन्द्र कर्णले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (बिहीबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिँचाइ, मल, उन्नत बीउलगायतका विषय किसानलाई पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
‘सिँचाइ अभाव छ, समयमै किसानले मल पाउँदैनन्, उन्नत जानतको बीउ अभाव छ, न्यूनतम समर्थन मूल्य समयमै तोकिँदैन,’ उनले भने, ‘यस्ता किसिमका समस्याहरू सरकारले तत्काल सम्बोधन गर्नुपर्छ।’
प्रकाशित: २४ चैत २०८२ २०:३६ | Tuesday, April 7, 2026
प्रतिक्रिया




