काठमाडौँ- सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराति कमलामाई नगरपालिका ४ ढुग्रेबासस्थित नारीया होटल अगाडी बीपी राजमार्गमा बा।४ ख ९५७७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन्।
घाइते हुनेमा सिन्धुलीकै सुनकोशी गाउँपालिका ७ चालिसे बस्ने ४० वर्षीय जित बहादुर स्याङ्बा छन्। उनले चलाएको ज।३ प ७४९० नम्बरको मोटरसाइकललाई चियाबारीबाट ढुग्रेबासको ग्यारेजतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो।
घाइते स्याङ्बाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक रामेछापको खाडादेवी गाउँपालिका ४ बस्ने वर्ष ५० को तेज बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरी चौकी ढुंग्रेबासका प्रहरी सहायक निरीक्षक हदिन्द्र ठाकुरले जानकारी दिए।
प्रकाशित: २६ चैत २०८२ ८:१२ | Thursday, April 9, 2026
प्रतिक्रिया




