छुटे शंकर अग्रवाल

हिमाल प्रेस २२ चैत २०८२ १७:१७ | Sunday, April 5, 2026
16
SHARES
छुटे शंकर अग्रवाल

काठमाडौँ- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। सम्पत्ति शुद्धिकरण विभागले अग्रवाललाई आइतबार छोडेको हो।

बयानका काम सकिएपछि अग्रवाललाई छोडिएको विभागले जनाएको छ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागले उनलाई शुक्रबार नियन्त्रणमा लिएको थियो। बयान नसकिएको भन्दै विभागको अनुरोधमा अग्रवाललाई प्रहरी नियन्त्रणमा राखिएको थियो।

शंकर ग्रुप नेपालका अग्रणी व्यावसायिक घरानामध्ये एक हो। यो समूहअन्तर्गत जगदम्बा स्टिल सञ्चालनमा रहेको छ भने सिमेन्ट, जलविद्युतलगायतका क्षेत्रमा लगानी गरेको छ।

प्रकाशित: २२ चैत २०८२ १७:१७ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast