परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई पढायो कूटनीतिक आचारसंहिता

हिमाल प्रेस २५ चैत २०८२ १४:५८ | Wednesday, April 8, 2026
112
SHARES
परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई पढायो कूटनीतिक आचारसंहिता

काठमाडौँ- परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएका थिए।

उनले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा विस्तृत जानकारी गराएको मन्त्रालयले जनाएको छ।

नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उनले जोड दिएका थिए। साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो।

परराष्ट्र मन्त्रालयले कूटनीतिक आचारस‌ंहिता तय गरेको भए पनि यसको केही परिमार्जनसहित मन्त्रिपरिषद्मा छलफल भएर पास भए पनि अझै प्रभावकारीरूपमा लागू भने भएको छैन। यसरी परराष्ट्र सचिवले मन्त्रीलाई नेपालको कूटनीतिक प्राथमिकता र आचारसंहितबारे मन्त्रीहरुलाई जानकारी गराउने र उनीहरुले उत्साहित भएर सुन्ने गरेको यो पछिल्लो दुई अढाई दशकमा पहिलो नै होला।

प्रकाशित: २५ चैत २०८२ १४:५८ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast