मन्त्री रावलले गरिन् सहकारी पीडितसँग छलफल, रकम फिर्ता गराउने बाचा

हिमाल प्रेस १९ चैत २०८२ १२:०१ | Thursday, April 2, 2026
10
SHARES
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग छलफल, रकम फिर्ता गराउने बाचा

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरेकी छन्।

सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गराउने लक्ष्यसहित काम अघि बढाइरहेका बेला उनले यस्तो पहल थालेकी हुन्।

आज बिहानदेखि नै मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडित भेला भएर समस्या र गुनासा मन्त्रीसमक्ष राखिरहेका छन्।

लामो समयदेखि बचत फिर्ता नपाएर पीडामा परेका उनीहरूले पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो समस्या सुनाउने अवसर पाए।

छलफलका क्रममा मन्त्री रावलले पीडितका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी बनाउने भन्नेमा हामी गम्भीर छौँ,’ उनले भनिन्।

उनका अनुसार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार चरणबद्ध रूपमा अघि बढिरहेको छ र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित छ।

प्रकाशित: १९ चैत २०८२ १२:०१ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast