एलजी इलेक्ट्रोनिक्सद्वारा एसियाका लागि एआई होम र स्मार्ट उपकरण रणनीति सार्वजनिक

हिमाल प्रेस २७ चैत २०८२ १३:२८ | Friday, April 10, 2026
एलजी इलेक्ट्रोनिक्सद्वारा एसियाका लागि एआई होम र स्मार्ट उपकरण रणनीति सार्वजनिक

काठमाडौँ- एलजी इलेक्ट्रोनिक्सले एसिया प्रशान्त क्षेत्रलाई लक्षित गर्दै आफ्नो नवीन प्रविधि र दीर्घकालीन वृद्धि रणनीति सार्वजनिक गरेको छ।

दक्षिण कोरियाको बुसानमा आयोजित एलजी इनोफेस्ट २०२६ एपीएसीमा कम्पनीले क्षेत्रअनुसार अनुकूलित घरायसी उपकरण र एआई आधारित ‘स्मार्ट होम’ अवधारणा प्रस्तुत गरेको हो।

कार्यक्रममा एसियाली उपभोक्ताको जीवनशैली र आवासीय अवस्थालाई ध्यानमा राख्दै लुगा धुने मेसिन, भान्सा तथा बिल्ट इन समाधानहरू प्रदर्शन गरिएको थियो।

कम्पनीले सानो ठाउँमा मिल्ने नयाँ वासिङ मेसिन, ऊर्जा बचत गर्ने ड्रायर तथा एआई प्रविधिबाट सञ्चालन हुने उपकरणहरूलाई प्राथमिकता दिएको जनाएको छ।

कम ठाउँमा बढी भण्डारण हुने फ्रिज, छिटो धुने र सुकाउने भाँडा धुने मेसिन तथा क्यामेरा प्रविधिसहितको ओभन जस्ता स्मार्ट समाधान सार्वजनिक गरिएका छन्।

त्यसैगरी, कम्पनीले ‘एआई होम’ अवधारणा अन्तर्गत घरका सम्पूर्ण उपकरणलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सकिने प्रविधि पनि देखाएको छ।

एसिया कम्पनीका लागि महत्वपूर्ण बजार भएको उल्लेख गर्दै एलजीले आगामी दिनमा साझेदारी विस्तार गर्दै एआई आधारित घरायसी समाधानलाई अझ व्यापक बनाउने योजना रहेको जनाएको छ।

प्रकाशित: २७ चैत २०८२ १३:२८ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast