स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप

हिमाल प्रेस २७ चैत २०८२ ७:२७ | Friday, April 10, 2026
2
SHARE
स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप

इलाम- स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए।

अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उनले जानकारी दिए।

उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुग्ने उद्देश्यले अनुदानमा ल्यापटप उपलब्ध गराइएको कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन्।

‘हामीले विगतका वर्षहरूमा यहाँका युवालाई उद्यमशीलता र सीप विकासका थुप्रै तालिम दिएका थियौँ, तालिम लिएकामध्ये धेरैले कुनै न कुनै व्यवसाय गरिरहुनभएको छ’, कार्यवाहक नगरप्रमुख दाहालले भनिन्, ‘प्रविधिको प्रयोगले उद्यमीको कामलाई सहज बनाउने तथा व्यवसायलाई विस्तार गर्न सहयोग पुगोस् भनेर २० जनालाई अनुदानमा ल्यापटप उपलब्ध गराइएको हो।’

उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरी सोही रकमबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप उपलब्ध गराइएको जानकारी दिँदै दाहालले आगामी वर्षमा समेत उद्यमी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

प्रकाशित: २७ चैत २०८२ ७:२७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast