हङकङमा ‘लाहुरेनी सौन्दर्य’ सार्वजनिक

हिमाल प्रेस २६ चैत २०८२ १५:१५ | Thursday, April 9, 2026
4
SHARES
हङकङमा ‘लाहुरेनी सौन्दर्य’ सार्वजनिक

हङकङ- हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक तथा लेखक जुनू रानाको दोस्रो कृति ‘लाहुरेनी सौन्दर्य’ को लोकार्पण भएको छ।

याउ चि मोङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त समारोह जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टको सभाहलमा गरिएको थियो।

लेखक जुनू राना स्वयं अध्यक्षता गरेको सो समारोहमा वुमन कमिसन र इथनिक माइनरिटी कमिटी एचके.सारकी सदस्य रिता गुरुङ एनआरएनए एनसीसीका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, महिला संयोजक सत्या गहत्राज,नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र बहादुर राई, किरात राई प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राई, लोहोरुङ (राई) समाजका सचिव धर्म राई, कानुनी सल्लाहकार तथा बुद्धिजीवी इन्द्र वनेम, हेम लिम्बु, प्रदिप कन्दङवा, कुलप्रसाद गुरुङ, शिक्षका शारदा गुरुङ, हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षक राजकुमार राई, टंक सम्बाहाम्फे, ब्लास्ट टाइम्सका सम्पादक देवेन्द्र कार्कीलगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

सोही अवसरमा श्रृङ्खलाका सल्लाहकार डीबी पालुङ्गा, बज्रकुमार राई, रमण गुरुङ, पूर्णिमा जी शाह, अरुणा शर्मा, हङकङको पहिलो नारी उपन्यास ‘प्याउली’ की उपन्यासकार बालिका बान्तावा, सुरेश यक्सो, शिला घमाल, नेप्लिज एसोसिएसनाका अध्यक्ष प्रदिप थापा, खोटाङ समाजका अध्यक्ष पेङ किरात, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ, अन्तर्राष्ट्रिय मगर संघकी महिला सचिव निता थापा, खुसी इभेन्ट्सकी प्रमुख खुसी गुरुङ, कवि डोम राना, शरण सुब्बा, सुन्दर गुरुङलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको पनि उपस्थिति थियो।

‘लाहुरेनी सौन्दर्य’ पुस्तकमाथि डा.चुरा थापा, राजकुमार राई, डा.टीका राना र जानु काम्बाङले समीक्षा प्रस्तुत गरेका थिए।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित ३४ वटा लेखहरूको सङ्ग्रह रहेको यो पुस्तक नेपाली साहित्यको कुनै एक विधामा सीमित नरहेर विविध विषयवस्तुमा आधारित रहेको समीक्षक राजकुमार राईले बताए। ‘एउटै ठाउँमा विविध रुचिका पाठकहरूकालागि यो पुस्तक उपयुक्त छ,’ उनको भनाइ थियो।

समीक्षक जानु काम्बाङले पुस्तकले लाहुरे पुर्खाको इतिहासलाई उजागर गर्नुकासाथै ग्रामीण जीवनको स्मरण गराएको बताइन्।

त्यसैगरी डा.टीका रानाले लेखिका सहोदर दिदी भएको नाताले उनलाई प्रत्यक्ष बुझे अनुसार नेपाली समाजका कुनै पनि विषयवस्तु उठानको गहिरो भाव र विशेष मुद्दालाई लेखमार्फत उजागर गर्ने क्षमता रहेको धारणा राखिन्।

प्रकाशित: २६ चैत २०८२ १५:१५ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast