किताबखानाले ७७ जिल्लामा पठायो शिक्षक अवकाश नामावली (सूचीसहित)

हिमाल प्रेस २६ चैत २०८२ १०:५७ | Thursday, April 9, 2026
92
SHARES
किताबखानाले ७७ जिल्लामा पठायो शिक्षक अवकाश नामावली (सूचीसहित)

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका सामुदायिक विद्यालयमा कार्यरत उमेर हद पुगेका शिक्षकको अनिवार्य अवकाश नामावली तयार गरी सम्बन्धित निकायमा पठाएको छ।

किताबखानाले बुधबार (चैत २५ गते‌) मा निर्णय गर्दै शिक्षा नियमावली २०४९ (संशोधन सहित) को नियम १२६ उपनियम (घ) तथा शिक्षा नियमावली २०५९ को नियम १३१ अनुसार अवकाश प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। उक्त नामावली शिक्षा विकास तथा समन्वय एकाइ हरूमार्फत ७७ वटै जिल्लामा पठाइएको छ।

किताबखानाका अनुसार २०८३/०४/०१ देखि २०८३ सालसम्म सेवा अवधिमा रहेका र ६० वर्ष उमेर पूरा गर्ने शिक्षकको विवरण सूचना प्रणालीमार्फत संकलन गरिएको हो। यद्यपि केही शिक्षकका नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा उल्लेखित जन्ममितिमा फरक पर्न सक्ने भएकाले सम्बन्धित कार्यालयले आफ्ना अभिलेखसँग मिलान गरी आवश्यक परे प्रमाणका आधारमा यकिन गर्नुपर्ने उल्लेख गरिएको छ।

निर्देशनअनुसार शिक्षकको अवकाश निर्धारण गर्दा विभिन्न कागजातमा उल्लेखित जन्ममितिमध्ये जुन आधारले पहिले ६० वर्ष पुग्छ। सोही आधारलाई मान्यता दिइनेछ। जन्ममिति फरक परेमा पुराना कागजातलाई प्राथमिकता दिने र एक वर्षसम्मको फरक भए स्पष्ट प्रमाणपत्रलाई आधार मान्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, सिटरोल अभिलेख अनिवार्य रूपमा प्रमाणित गरी पठाउनुपर्ने, सरुवा भएका शिक्षकको विवरण सम्बन्धित विद्यालय वा जिल्लामा पठाउनुपर्ने तथा अवकाश सूचीमा नपरेका तर उमेर पुगेका शिक्षकलाई समेत नियमअनुसार अवकाश दिनुपर्ने व्यवस्था गरिएको छ।

किताबखानाले अवकाश प्रक्रिया पारदर्शी बनाउन सम्बन्धित शिक्षकबाट निवेदन, विद्यालयको सिफारिस तथा अभिलेखका आधारमा विवरण यकिन गर्न आग्रह गरेको छ। अनिवार्य अवकाश हुनुभन्दा ९ महिना अगावै आवश्यक कागजात पेस गरी विवरण यकिन गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।

यस निर्णयको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षक सेवा आयोगलाई समेत दिइएको छ।

यस्तो छ सूची

प्रकाशित: २६ चैत २०८२ १०:५७ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast