काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले १८५ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णयमा प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको आजको विशेष समयमा बोल्दै उनले कुन संसदीय समिति वा आवश्यक्तामा ऋण लिएको हो? जवाफ दिन सरकारसँग माग गरिन् ।
यसको आवश्यक्ता किन पर्यो? सरकारले सदनबाटै जवाफ दिनुपर्ने उनको भनाइ छ। आइतबार बसेको मन्त्रिपरिद् बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो। त्यसैगरी दिगो र समावेशी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियत पूर्ण ऋणलाई समेत स्वीकार गर्ने निर्णय बैठकले गरेको थियो।
उनले बजेट माग्न जाने सांसदको समस्या समाधान गर्न डिजिटल पोर्टल बनाइदिन पनि अनुरोध गरिन्।
विशेष समयमा बोल्दै उनले मध्यपूर्वको द्वन्द्वले नेपाली भान्सामा समेत असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले पेट्रोलियम पदार्थमा सकारले जनतालाई सहुलियत दिन उनले माग गरिन्।




