नेकपा (एमाले) महासचिव शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कुनै औचित्य पुष्टि हुन नसकेको बताएका छन्।
आज ओली र लेखक हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएपछि गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन नसकेको पोखरेलले बताएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘कार्की आयोगको प्रतिशाेधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनुपर्यो यसले धेरै प्रश्न उठाएको छ।’
उनले ओली र लेखकलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको दोहोर्याएका छन्।
प्रकाशित: २६ चैत २०८२ १२:३३ | Thursday, April 9, 2026
प्रतिक्रिया




