जसपा नेपालका महासचिव रामकुमार शर्माले दिए पदबाट राजीनामा

हिमाल प्रेस २३ चैत २०८२ ६:३६ | Monday, April 6, 2026
8
SHARES
जसपा नेपालका महासचिव रामकुमार शर्माले दिए पदबाट राजीनामा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आम निर्वाचन २०८२ मा पार्टीले एक सिट पनि जित्न नसकी शून्यमा झरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै शर्माले मधेस आन्दोलनको जगमा स्थापित ५२ सिटको पार्टी शून्यमा खुम्चिनुलाई ‘सामूहिक अयोग्यता र अक्षमताको प्रमाण’भनेका छन्। उनले जनताको जनादेशलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए।

 

प्रकाशित: २३ चैत २०८२ ६:३६ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast