युद्धविराम उल्लंघनको कडा जवाफ दिने इरानको चेतावनी

हिमाल प्रेस २६ चैत २०८२ २०:४६ | Thursday, April 9, 2026
26
SHARES
युद्धविराम उल्लंघनको कडा जवाफ दिने इरानको चेतावनी

काठमाडौँ- इरानी राष्ट्रपति मसूद पेजेश्कियानले लेबनानमाथि इजरायलले गरेको आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको बताएका छन्।

‘यो हुन गइरहेको सम्झौताप्रतिको प्रतिबद्धता अभावको खतरनाक संकेत हो,’ सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले भनेका छन्,‘यदि आक्रमण जारी रह्यो भने वार्ताको कुनै अर्थ रहने छैन।’

इरानको हात ‘ट्रिगर’ मै रहने बताएका छन्।

इजरायली सेनाले लेबनानमा सयभन्दा बढी हवाई आक्रमण गरेको र ती हिजबुल्लाहका ठेगानाहरू भएको दाबी गरेको भोलिपल्ट उनको यस्तो टिप्पणी आएको हो।

यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि आक्रमण जारी रहने बताएका छन्।

यसैबीच इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले ‘युद्धविराम उल्लंघनको मूल्य चुकाउनुपर्ने र यसको कडा जवाफ दिइने’ चेतावनी दिएका छन्।

उनले लेबनान युद्धविरामको अभिन्न हिस्सा भएको र यसमा इन्कार गर्ने वा पछि हट्ने कुनै ठाउँ नभएको बताएका छन्।

प्रकाशित: २६ चैत २०८२ २०:४६ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast