आईपीएल : सन्जु लयमा फर्किँदा चेन्नईले चौथो खेलमा भेट्टायो पहिलो जित

हिमाल प्रेस २९ चैत २०८२ ६:५३ | Sunday, April 12, 2026
6
SHARES
आईपीएल : सन्जु लयमा फर्किँदा चेन्नईले चौथो खेलमा भेट्टायो पहिलो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले चौथो खेलमा पहिलो जित भेट्टाएको छ। ओपनर सन्जु सामसनको शतक तथा पेस बलर जेमी ओभरटनको ४ विकेट मद्दतमा चेन्नईले दिल्लीमाथि २३ रनको जित दर्ता गरेको हो ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए । पथुम निसान्काले ४१ रन बनाए । आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए ।

चेन्नईका लागि ओभरटनले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । अंशुल कम्बोजले ३ तथा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो । ओपनर सन्जु सामसनले शतक प्रहार गरे भने आयुष म्हात्रेले अर्धशतक बनाए ।

सामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रन बनाएर नटआउट रहे। आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए । शिवम दुबे २० रनमा नटआउट रहे ।

दिल्लीका लागि कप्तान अक्षर पटेलले १ विकेट लिए । योसँगै ४ खेलमा पहिलो जित निकालेको चेन्नई २ अंक जोड्दै १०औंबाट नवौं स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकका साथ चौथो स्थानमा छ।

पहिलो खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई हराउँदै अपराजित यात्रा कायमै राखेको छ ।

प्रकाशित: २९ चैत २०८२ ६:५३ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast