आईपीएल : पन्जाबले गुजरातलाई हरायो

हिमाल प्रेस १८ चैत २०८२ ७:१९ | Wednesday, April 1, 2026
8
SHARES
आईपीएल : पन्जाबले गुजरातलाई हरायो

काठमाडौँ- कुपर कोनोलीको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आईपीएलमा विजयी सुरुआत गरेको छ। पञ्जावले आफ्नो पहिलो खेलमा मंगलबार गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो। कोनोलीले ४४ बलमा अविजित ७२ रन बनाएपछि गत सिजनको उपविजेता पन्जाबले १ सय ६३ रनको लक्ष्य ५ बलअगाडि नै पूरा गरेको हो।

पहिलो ओभरमा मोहम्मद सिराजको बलमा छक्का प्रहार गरेका प्रियांश अर्या दोस्रो ओभरमा कागिसो रबाडाको बलमा क्याच दिन पुगे। अर्का ओपनर प्रभसिमरन सिंहले ३७ रन बनाए। उनले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे। कप्तान श्रेयस ऐरले २ छक्का प्रहार गरे पनि ११ बलमा १८ रन बनाई आउट भए।

नेहाल बाधेरा ३, शशांक सिंह ४ र मार्कस स्टोइनिस शून्यमा आउट भएपछि पन्जाब संकटमा परेको थियो। मार्को यान्सनले ५ बल खेल्दै १ छक्कासहित ११ रन बनाए। गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यसअघि युजभेन्द्र चहल र विजयकुमार वैशकको उत्कृष्ट बलिङमा पन्जाबले गुजरातलाई ६ विकेटको क्षतिमा १६२ रनमा रोकेको थियो। गुजरातका तीन खेलाडीले २५ वा त्यसभन्दा माथिको स्कोर बनाए। कप्तान शुभमन गिलको ३९ रन नै सर्वाधिक रह्यो।

गुजरातले पावर–प्लेमा १ विकेट गुमाई ५४ रन जोडेको थियो। ओपनर साई सुदर्शन १३ रनमा आउट भए। इंग्लिस ब्याटर जस बटलरले ३८ रन बनाए। तेस्रो नम्बरमा आएर १६ औं ओभरमा आउट भएका उनले ३ चौका र २ छक्का प्रहार गरे। ग्लेन फिलिप्सले १७ बलमा समान १ चौका र छक्कासहित २५ रन जोडे।

६ देखि ११ ओभरमा गुजरातको रनमा अंकुश लाग्यो र टोलीले यसक्रममा ४२ रनमात्र बनाउन सक्यो। वाशिङ्टन सुन्दर १६ बलमा १८ र शाहरुख खान ४ रनमा आउट भए। राहुल तेवाटियाले १० बलमा १ चौकासहित अविजित ११ रन बनाए।

प्रकाशित: १८ चैत २०८२ ७:१९ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast