पाठ्यपुस्तक वितरण अनुगमन गर्न निर्देशन, प्रतिवेदन केन्द्रमा बुझाउन आग्रह

हिमाल प्रेस २२ चैत २०८२ १५:२१ | Sunday, April 5, 2026
16
SHARES
पाठ्यपुस्तक वितरण अनुगमन गर्न निर्देशन, प्रतिवेदन केन्द्रमा बुझाउन आग्रह

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई पाठ्यपुस्तक वितरणको अनुगमन गर्न निर्देशन दिएको छ।

केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाबाट जारी पत्रअनुसार पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको चैत १९ गतेको निर्णयका आधारमा अनुगमन गर्न भनिएको हो।

अनुगमनपछिको प्रतिवेदन केन्द्रको इमेल ([email protected]) मा पठाउन अनुरोध गरिएको छ।

केन्द्रले पाठ्यपुस्तक व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।

आवश्यक जानकारीका लागि सम्बन्धित कार्यालय र जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

यसका लागि पाठ्यक्रम विकास केन्द्र तथा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूलाई सम्पर्क बिन्दु तोकिएको छ।

सम्पर्कका लागि तोकिएका प्रमुखहरूमा निमप्रकाश सिंह राठौर, पुरुषोत्तम घिमिरे, योगेन्द्रराज भट्ट, भुपराज थापा, दीपक दास, धनबहादुर केसी, गोमा खनाल, रुद्र खनाल, विष्णु पन्थी, जमुना ढकाल र निर्मलकुमार यादव रहेका छन्।

प्रकाशित: २२ चैत २०८२ १५:२१ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast