शनिबार-आइतबार पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने निर्देशन

हिमाल प्रेस २७ चैत २०८२ १३:०० | Friday, April 10, 2026
14
SHARES
शनिबार-आइतबार पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने निर्देशन

काठमाडौँ- सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिएर सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

प्रादेशिक अस्पताल तथा सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई पनि सोही अनुसार गर्न संघीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: २७ चैत २०८२ १३:०० | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast