कालीकोटमा एम्बुलेन्स दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार

हिमाल प्रेस २७ चैत २०८२ ६:०४ | Friday, April 10, 2026
6
SHARES
कालीकोटमा एम्बुलेन्स दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार

सुर्खेत- जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ।

हिमा गाउँपालिका-६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारी र वडा नं ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाहीलाई कालीकोट अस्पतालबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो।

खाँडाचक्र नगरपालिका-२ कालीकोट मान्मस्थित मेयरखोला नजिक बिरामी बोकेर जुम्लादेखि सुर्खेत आउँदै गरेको कप्र०१००१झ ००२४ नम्बरको एम्बुलेन्स बुधबार राति ८ः१० बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए।

 

प्रकाशित: २७ चैत २०८२ ६:०४ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast