शिक्षकका माग पूरा नगरेर सरकार विपरीत दिशातिर गए ट्रेड युनियनकर्मीले गर्नुपर्ने सबै उपाय अपनाउँछौँ : अध्यक्ष सुवेदी

हिमाल प्रेस १९ चैत २०८२ ११:४३ | Thursday, April 2, 2026
144
SHARES
शिक्षकका माग पूरा नगरेर सरकार विपरीत दिशातिर गए ट्रेड युनियनकर्मीले गर्नुपर्ने सबै उपाय अपनाउँछौँ : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नगरे सरकारविरुद्ध ट्रेड युनियनका सबै उपाय अपनाउने चेतावनी दिएका छन्।

हिमालप्रेससँगको कुराकानीमा उनले शिक्षकहरू केवल नयाँ ऐनको मागमा सीमित नभएको स्पष्ट पार्दै विगतका सहमतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार ऐनले शिक्षक-कर्मचारीका वर्तमान समस्या समाधान गर्नुका साथै विभेद अन्त्य गर्ने र विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने दिशामा केन्द्रित हुनुपर्छ।

‘हामीले खाली ऐन मात्रै भनेका छैनौँ। विगतका सहमतिमा टेक्नुपर्‍यो। यस्तो ऐन आउनुपर्‍यो जसले विद्यालयका शिक्षक-कर्मचारीका अहिलेका पीडा सम्बोधन गरोस्,’ सुवेदीले भने, ‘विद्यालय शिक्षालाई विद्यार्थीको आकर्षणको केन्द्र र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने शिक्षालय बनाउन सक्ने ऐन चाहेका छौँ।’

सुवेदीले आफूहरू समस्या मात्र नभई समाधानका उपायसहित सरकारसँग प्रस्तुत हुने गरेको बताए। नयाँ नेतृत्वप्रति सकारात्मक अपेक्षा राख्दै उनले शिक्षा मन्त्रालयले सही ढंगले माग सम्बोधन गरेमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

‘मन्त्रालयले मागमुद्दा सम्बोधन गरी शिक्षालाई सकारात्मक दिशातर्फ डोर्‍यायो भने हामी सहयोग गर्छौँ,’ उनले भने, ‘तर मन्त्रालय विपरीत दिशातिर गयो भने पेसाकर्मी र ट्रेड युनियनकर्मीले गर्नुपर्ने सबै उपाय अपनाउँछौँ।’

प्रकाशित: १९ चैत २०८२ ११:४३ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast