ममाथि प्रतिशोधपूर्ण र अप्रमाणित अभियोग लगाइयो, अन्ततः म रिहा भएको छु : पूर्वगृहमन्त्री लेखक

हिमाल प्रेस २७ चैत २०८२ १०:५९ | Friday, April 10, 2026
24
SHARES
ममाथि प्रतिशोधपूर्ण र अप्रमाणित अभियोग लगाइयो, अन्ततः म रिहा भएको छु : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ- पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराउँदै कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदनलाई आधार बनाएर आफूविरुद्ध पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित फौजदारी अभियोग लगाएको बताएका छन्।

तर अदालतको आदेशपछि अन्ततः आफू रिहा भएको उनले बताए। लेखकले सामाजिक सञ्जालमा लेखेका छन्,‘गत भाद्र २३ र २४ गतेका घटनासम्बन्धी आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइ, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, शुभेच्छुक र सञ्चारकर्मीहरूलाई आभार प्रकट गर्दछु।’

उनले सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै कानुनी प्रक्रियाप्रति विश्वास रहेको पनि उल्लेख गरेका छन्। उनले अगाडि भने, ‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति हुँ। बाँकी कानुनी तथा राजनीतिक लडाइँ जारी रहनेछ।’

प्रकाशित: २७ चैत २०८२ १०:५९ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast