काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९७५ कायम भएको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २९ चैत २०८२ १२:५९ | Sunday, April 12, 2026
प्रतिक्रिया




