काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ अहिले हलमा चलिरहेकाे छ। चैत १३ गते हलमा लागेकाे अहिले फिल्म सीमित हलमा चलिरहेकाे टिमले जनाएकाे छ।
यसैबीच चलचित्र विकास बोर्डले चैत २१ शनिबारसम्म हलमा चलिरहेकाे फिल्मकाे बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।
विवरणअनुसार प्रदर्शनको नौं दिनमा फिल्मले ६३ लाख २३ हजार ४४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अहिलेसम्म फिल्मको २ हजार २ सय ८५ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
सामाजिक कथा बनेको फिल्ममा तीन दाजुभाइबीचको सम्बन्ध र मनमुटावलाई प्रस्तुत गरिएको छ।
फिल्म मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्।




