एयरपोर्टमा गृहमन्त्रीको आकस्मिक छड्के, दिए यस्तो निर्देशन

हिमाल प्रेस २० चैत २०८२ ५:३८ | Friday, April 3, 2026
18
SHARES
एयरपोर्टमा गृहमन्त्रीको आकस्मिक छड्के, दिए यस्तो निर्देशन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

बिहीबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए।

गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २० चैत २०८२ ५:३८ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast