काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले निर्माताभन्दा ठूलो निर्माण र जनताभन्दा माथि सरकार नहुने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठूलो निर्माण नहुने धारणा राखेका हुन्।
उनले लेखेका छन्,‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’
प्रतिनिधिसभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन्।
गृहमन्त्री गुरुङको सचिवालयले २४ घण्टा नै काममा खटिएकाले गृहमन्त्री मन्त्रालयमै आराम गरेको बताएको छ।
यतिबेला उक्त तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ र र विभिन्न प्रतिक्रिया आइरहेका छन्।
प्रकाशित: २० चैत २०८२ ९:५५ | Friday, April 3, 2026
प्रतिक्रिया




