गृहमन्त्री गुरुङले पेस गरे यी तीन विधेयक

हिमाल प्रेस १९ चैत २०८२ १९:२१ | Thursday, April 2, 2026
30
SHARES
गृहमन्त्री गुरुङले पेस गरे यी तीन विधेयक

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन्।

बिहीबार संसद् भवन सिंहदरबारमा बसेको प्रतिनिधिको पहिलो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका छन्।

गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए। त्यस्तै बैठकमा सभाध्यक्ष अर्जुन नरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिका सम्बन्धी जानकारी गराएका थिए।

बैठकमा सभाका पूर्वसदस्यहरूको निधनप्रति शोक प्रस्ताव पारित समेत गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बोलाइएको छ।

प्रकाशित: १९ चैत २०८२ १९:२१ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast