काठमाडौँ- हाइटेक भिजन प्रालिले आफ्नो नवौँ वार्षिकोत्सव चैत २७ गते विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहक सम्मान, आकर्षक अफर तथा विशेष योजना सार्वजनिक गर्ने जनाएको छ। साथै सोही दिनदेखि नयाँ अफर योजनाहरू लागू गरिने कम्पनीले जनाएको छ।
कार्यक्रममा सहभागी हुने सबै ग्राहकहरूलाई उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको हाइटेक भिजनले नेपालमै पहिलोपटक किस्ताबन्दी प्रणालीमार्फत किचेनवेयर तथा फर्निचर सामग्री बिक्री सुरु गरी बजारमा नयाँ आयाम थपेको थियो।
यसबाट मध्यम तथा सामान्य आय भएका ग्राहकहरूलाई आवश्यक सामग्री सहज रुपमा खरिद गर्ने अवसर मिलेको छ।
गुणस्तरीय सेवा, पारदर्शिता र विश्वासका कारण कम्पनी देश तथा विदेशमा रहेका नेपाली ग्राहकहरूको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ।
हालै काठमाडौँको गोङ्गबु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने तारकेश्वर–लामबगरस्थित शोरुमबाट नियमित सेवा प्रदान हुँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ भित्र दुई सयभन्दा बढी फ्रेन्चाइज विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ।




