खोटाङ- हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी तुवाचुङले उक्त सम्मान पाएको हो। नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गरे।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनबाट हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो।
प्रकाशित: २८ चैत २०८२ ९:२४ | Saturday, April 11, 2026
प्रतिक्रिया




