यी राशि हुनेलाई आज शुभ!

हिमाल प्रेस २७ चैत २०८२ ५:५५ | Friday, April 10, 2026
18
SHARES
यी राशि हुनेलाई आज शुभ!

आज मिति शुक्रबार चैत २७ गते। वैशाख कृष्ण अष्टमी तिथि। शिव बालव पूर्वाषाढा पञ्चाङ्गको दिन। तदअनुसार अप्रिल १०, २०२६। यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्।

तपाईंको राशि

मेष

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाई लेखाइमा प्रगति हुनेछ।

वृष

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मिथुन

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

कर्कट

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

सिंह

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

कन्या

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

तुला

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

वृश्चिक

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यापारबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

धनु

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

मकर

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कुम्भ

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

मीन

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

प्रकाशित: २७ चैत २०८२ ५:५५ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast