सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

हिमाल प्रेस २० चैत २०८२ ११:२४ | Friday, April 3, 2026
18
SHARES
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९४५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २० चैत २०८२ ११:२४ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast