सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ कायम

हिमाल प्रेस १८ चैत २०८२ ११:१३ | Wednesday, April 1, 2026
4
SHARES
सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ कायम

काठमाडौँ- सुनको मूल्य वृद्धि भएको छ। यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ।

यसअघि हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ। यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित: १८ चैत २०८२ ११:१३ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast