वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँका सञ्चालक पक्राउ

हिमाल प्रेस २५ चैत २०८२ २०:१२ | Wednesday, April 8, 2026
20
SHARES
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँका सञ्चालक पक्राउ

काठमाडौँ– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ।

सिन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल गोले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा रहेको वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुनविपरीत रकम असुल उपर गर्नेजस्ता कार्य हुने गरेको भन्ने सूचनाको आधारमा निज सञ्चालक गोलेलाई पक्राउ गरिएको हो।’

सञ्चालक गोलेलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सो सम्बन्धमा सोधपुछ गर्दा तपसिलका व्यक्तिले आफू संस्थाको अध्यक्ष रहेको बताई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका निज गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: २५ चैत २०८२ २०:१२ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast