अर्थमन्त्रीसँगै छ १२ करोडभन्दा बढीको घर जग्गा, ४ वटा अपार्टमेन्ट

हिमाल प्रेस ३० चैत २०८२ ६:२३ | Monday, April 13, 2026
8
SHARES
अर्थमन्त्रीसँगै छ १२ करोडभन्दा बढीको घर जग्गा, ४ वटा अपार्टमेन्ट अर्थमन्त्री डा. स्वार्णिम वाग्ले

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दिपुरमा २ करोडको जग्गा रहेको विवरणसहित सम्पत्ति विवरण बुझाएका छन्।

यसैगरी, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्लेले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्। अपर मादी खोला हाइड्रोमा ३ करोडको शेयर रहेको विवरण बुझएका छन्।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोलमा ६० लाखको शेयर रहेको विवरणमा उल्लेख छ।

प्रकाशित: ३० चैत २०८२ ६:२३ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast