कास्कीबाट सुरु भयो ‘पार्वती’ को छायांकन, नीताले निर्देशन गर्दै

हिमाल प्रेस २४ चैत २०८२ १७:०८ | Tuesday, April 7, 2026
20
SHARES
कास्कीबाट सुरु भयो ‘पार्वती’ को छायांकन, नीताले निर्देशन गर्दै

काठमाडौँ- फिल्म ‘पार्वती’ शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ मुर्हूत गर्दै छायांकन थालिएको हो।

नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म अभिनेत्री तथा निर्मात्री नीताले नै निर्देशन गर्दैछिन्।

उनी फिल्ममा पनि मुख्य भूमिकामै देखिनेछिन्। अन्य कलाकारमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहने टिमले बताइएको छ।

फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन्। निर्मातामा हरिहर अधिकारी पनि जोडिएका छन्। नीताकै कथा र पटकथा रहेको फिल्म सुदिप बरालले छायांकन गर्नेछन्।

फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

फिल्म आगामी वर्ष भदौ १२ गते प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: २४ चैत २०८२ १७:०८ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast