चलचित्र कलाकार संघको साधारण सभा र निर्वाचन स्थगित

हिमाल प्रेस २३ चैत २०८२ ११:०० | Monday, April 6, 2026
8
SHARES
चलचित्र कलाकार संघको साधारण सभा र निर्वाचन स्थगित

काठमाडौँ- यही चैत २८ मा हुने भनिएको नेपाल चलचित्र कलाकार संघ (फान) को २१ औं साधारण सभा र निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ।

संघका अध्यक्ष मोहन निरौलाले एक प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चतकालको लागि सभा स्थगित गरिएको जानकारी दिएका हुन्।

वैधानिक समयसीमाभित्र निर्वाचन सम्पन्न गर्न संघको तर्फबाट प्रमाणित मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएको भन्दै स्थगित गरिएको विञप्तिमा उल्लेख छ।

यसै विषयमा निर्वाचन समितिले पत्राचार गरेकाले कार्यसमितिको बैठक बसेर अर्को मिति तय गरिने विज्ञप्तिमा भनिएको छ।

संघकै पदाधिकारीहरूबीच सदस्य नवीकरणको विषयलाई लिएर चर्को मतभेद भएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको स्रोतको दाबी छ।

संघको चुनावका लागि कलाकारहरूले तीब्र तयारी गरिरहेका थिए। संघको अध्यक्षमा कलाकार उत्तम केसी र सविन श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारको नामावलीसमेत सार्वजनिक गरिसकेका थिए।

चलचित्र कलाकार संघकाे अध्यक्ष दाबेदार उत्तम केसी र सविन श्रेष्ठले गरे प्यानल घोषणा

प्रकाशित: २३ चैत २०८२ ११:०० | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast