चलचित्र कलाकार संघकाे अध्यक्ष दाबेदार उत्तम केसी र सविन श्रेष्ठले गरे प्यानल घोषणा

हिमाल प्रेस २२ चैत २०८२ १३:४९ | Sunday, April 5, 2026
10
SHARES
चलचित्र कलाकार संघकाे अध्यक्ष दाबेदार उत्तम केसी र सविन श्रेष्ठले गरे प्यानल घोषणा

काठमाडौँ- यतिबेला कलाकारबीच चुनावी माहाेल चलिरहेकाे छ। यही २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा हुँदैछ। सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ।

नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उत्तम केसी र सविन श्रेष्ठ प्रतिस्पर्धामा छन् हुँदैछ। दुवै जनाले केही दिनअघि सामाजिक सञ्जालमार्फत उम्मेदवारको घोषणा गरेका थिए। यसले कलाकार उत्तम र वर्तमान महासचिव सविन श्रेष्ठबीच रोचकम भिडन्त हुने देखिन्छ।

दुवै पक्षले फेसबुकमै आ-आफ्नो प्यानलको टिम घोषणा गरेका छन्।

प्यानल घोषणा गर्दै केसीले फेसबुकमा लेखेका छन्, ‘उत्तम केसीको नेतृत्वमा गठित सक्षम, अनुभवी र प्रतिबद्ध टिममार्फत फिल्म क्षेत्रको समग्र विकास, कलाकारहरूको हक-हितको संरक्षण तथा समृद्ध भविष्य निर्माणप्रति दृढ संकल्पित रही प्यानलको औपचारिक घोषणा गरिएको छ।’

केसीको प्यानलमा उपाध्यक्षको उम्मेदवारमा शिवहरि नेपाल ‘बैरागी’, र शीतल केसीलाई अघि सारिएको छ। सुनिल कटुवाल महासचिवको उम्मेदवारमा छन्। सचिवमा गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजकुमारी खतिवडा ‘तेजुला’, सह-कोषाध्यक्षमा गीत नेपाल ‘शारदा’ छन्।

त्यस्तै सदस्यको दाबेदारमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ ‘खम्बे’, सानिया खान, चन्द्रकला दाहाल ‘मोनिका’, चन्द्रकला राई ‘संगम’लाई अघि सारिएको छ।

श्रेष्ठको प्यानलमा उपाध्यक्षमा उम्मेदवार पनाह अधिकारी र उद्धवप्रसाद भट्टराई छन्। महासचिवमा रामेश्वर बुर्लाकोटी, सचिव पल्पसा डंगोल (चम्सुरी), कोषाध्यक्ष पवित्रा आचार्य, सह-कोषाध्यक्षमा पवन केसीलाई अघि सारिएको छ।

त्यस्तै सदस्यमा विनोद भट्टराई, नवीन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, दमन रुपाखेती, सुलेमान शंकर, छुल्ठिम गुरुङ, श्यामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईलाई उम्मेदवारको रुपमा छन्।

अग्रजको सम्मान र नयाँ पुस्ताको भविष्य नै आफ्नो प्रतिबद्धता रहेको सविनले फेसबुकमा लेखेका छन्। उनले लेखेका छन्, अग्रजको सम्मान, नयाँ पुस्ताको भविष्य यही हाम्रो प्रतिबद्धता। स्पष्ट भिजन, अनुभव र काम गर्ने इच्छाशक्ति सहित सविन श्रेष्ठ नेतृत्वको सशक्त टिम नेपाल चलचित्र कलाकार संघलाई नयाँ दिशा दिन तयार छ। यो केवल हाम्रो उम्मेदवारी मात्र होइन, सम्पूर्ण कलाकारहरूको अधिकार, अवसर र सम्मानको अभियान हो।’

संघका वर्तमान अध्यक्ष मोहन निरौला हुन्। संघमा अहिले २५०० सदस्य रहेकाे संघले जनाएको छ।

 

प्रकाशित: २२ चैत २०८२ १३:४९ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast