सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने नीति परिवर्तन गर्न पत्रकार महासंघको आग्रह

हिमाल प्रेस २४ चैत २०८२ २०:४८ | Tuesday, April 7, 2026
10
SHARES
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने नीति परिवर्तन गर्न पत्रकार महासंघको आग्रह

काठमाडौँ- नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको नीति परिवर्तन गर्न आग्रह गरेको छ।

महासंघले आज (मंगलबार) विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै स‌ंघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न यस विषयमा ध्यानाकर्षण गराइएको पनि जनाएको छ। महासङ्घले बुधबार त्यसबारे महासंघका पूर्वअध्यक्ष, बिहीबार राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक र शुक्रबार राजनीतिक दलका संसदीय दलका नेतासँग छलफल गर्नेसमेत जनाएको छ।

यसै गरी श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन सञ्चार गृहहरूसँग समेत महास‌ंघले आग्रह गरेको छ।

प्रकाशित: २४ चैत २०८२ २०:४८ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast