एसईई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न परीक्षा बोर्डलाई शिक्षामन्त्रीको निर्देशन

हिमाल प्रेस १८ चैत २०८२ १३:५१ | Wednesday, April 1, 2026
48
SHARES
एसईई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न  परीक्षा बोर्डलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को परामर्शपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। निर्देशनअनुसार बोर्डले यस वर्ष परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्दै नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने तयारी गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई लामो समयसम्म प्रतीक्षा गराउँदा मानसिक तनाव बढ्ने भएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए।

उनले भने,‘पहिलेभन्दा अहिले प्रविधि फरक भइसकेको छ। नतिजाका लागि विद्यार्थीले किन तीन महिना कुर्नु? यसले विद्यार्थीमा अनावश्यक तनाव सिर्जना गर्छ। एक महिनाभित्र मात्र होइन, अझ छिटो पनि सम्भव छ।’

मन्त्रालयका अनुसार ७७ वटै जिल्लाका शिक्षा एकाइबाट प्राप्त सुझावका आधारमा एक महिनाभित्र नतिजा निकाल्न सकिने निष्कर्षमा पुगिएको हो।

यसैबीच, मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले शिक्षामन्त्रीबाट एसईई नतिजा एक महिनाभित्र सार्वजनिक गर्न स्पष्ट निर्देशन प्राप्त भएको हिमालप्रेसलाई जानकारी दिए।

बिहीबार (चैत १९ गते) देखि सुरु हुने एसईईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

प्रकाशित: १८ चैत २०८२ १३:५१ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast