काठमाडौँ- डाबर नेपालले आफ्नो प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्टमार्फत लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी दरबार सिजन ३ को शीर्ष प्रायोजक बनेको छ।
साथै कम्पनीको नयाँ पेय ब्रान्ड ‘रियल जुस’ ले पनि कार्यक्रमलाई सहप्रायोजन गरेको छ।
कार्यक्रम आगामी वैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ।
भव्य नयाँ सेट र थप परिष्कृत मनोरञ्जनात्क ढाँचासहित फर्किएको ‘कमेडी दरबार सिजन ३’ ले दर्शकहरूलाई उत्कृष्ट हास्य, नयाँ प्रस्तुति तथा परिवारमैत्री मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस सिजनलाई अझ आकर्षक दृश्य र सशक्त प्रस्तुतिसहित तयार गरिएको बताइएको छ।
कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् भने वरिष्ठ अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन्। साथै अभिनेत्री दिया मास्के रानीको रुपमा प्रस्तुत हुँदै शाही दरबार शैलीको कमेडीमा नयाँ आयाम थप्नेछिन्।
यस साझेदारीमार्फत डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकहरूसँग अझ नजिकिने तथा सांस्कृति रुपमा सान्दर्भिक सामग्रीमार्फत उपभोक्तासँग सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ।




