अम्पायरविरुद्ध बोलेको विषयमा क्रिकेटर करण केसीले मागे माफी

हिमाल प्रेस २९ चैत २०८२ ८:३२ | Sunday, April 12, 2026
2
SHARE
अम्पायरविरुद्ध बोलेको विषयमा क्रिकेटर करण केसीले मागे माफी करण केसी

काठमाडौँ- क्रिकेटर करण केसीले माफी मागेका छन्। करणले शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै आफुले मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु भनेर लेखेका छन्। करणले ट्रोल क्रिकेट नेपाल नामक फेसबुक पेजमा सन्दीप लामिछानेले अम्पायरसँग विवाद गरेको विषयमा राखेको पोस्टमा कमेन्ट गरेका थिए ।

कमेन्टमा उनले ‘यदि कुनै पनि खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो? जानकारीको लागि? खेलाडीको ज्ञान र सुरक्षाका लागि’ भनेर लेखेका थिए ।

उनले सामाजिक सञ्जालको पछिल्लो पोस्टमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो रहेको समेत बताएका छन् । यदि खेलाडी र अम्पायरबीच हातपात हुदा के हुन्छ होला? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिए। उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु उनले लेखेका छन् ।

राष्ट्रिय क्रिकेटर करणको सो कमेन्टको विषयमा शनिबार नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघ (कुसान) ले नेपाल क्रिकेट संघ (क्यान)लाई कारबाहीको लागि माग गरेको थियो ।

शुक्रबार पीएम कप अन्तर्गत भएको बागमती र मधेशबीचको खेलमा बागमतीका बलर प्रतिश जिसीले मधेशका मोहम्मद आदिल आलमविरुद्ध गरेको एलबीडब्लू अपिल गरेका थिए । तर अम्पायरले नट आउट दिएका थिए।‌ यसपछि बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने र अम्पायरबीच लामो विवाद हुँदा स्थिति तनावपुर्ण बनेको थियो। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै करणको उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको थियो। साथै यस्तो कार्य निन्दनीय भएको भन्दै घोर भर्त्सना समेत गरेको थियो।

 

प्रकाशित: २९ चैत २०८२ ८:३२ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast